२०८३ बैशाख २६ गते शनिवार

पहिरो उद्धारमा खटिने सुरक्षाकर्मी र एक्साभेटर चालकलाई सम्मान

सल्यान। कर्मचारी मिलन केन्द्र सल्यानले सल्यानको कपुरकोट गाउँपालिका र दाङको सिमाना नजिक पर्ने चोरखोलामा गएको पहिरो तथा वरपरका विपदमा सक्रिय रूपमा खटिएका सुरक्षाकर्मी र एक्साभेटर चालकलाई शुक्रबार सम्मान गरेको छ ।

कपुरकोट प्रहरी चौकीमा कार्यरत प्रहरीहरू र उद्धार कार्यमा संलग्न एसाभेटर चालकलाई प्रेरणाका लागि नगद र सम्मानसहित कपुरकोट गाउँपालिकामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष धीरेन्द्र भण्डारी र उपाध्यक्ष डा. मित्र पाठक, कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको उपस्थितिमा सम्मानित व्यक्तिहरूलाई खाजा खर्च स्वरूप १० हजार रुपैयाँसहित फूल र खादाले सम्मान गरिएको हो ।

कार्यक्रममा अध्यक्ष भण्डारीले जिउज्यानको बाजी राखेर अहोरात्र देश र जनताको सेवामा खटिने सुरक्षाकर्मी र कर्मचारी साथीहरूलाई सम्मान गर्न पाउँदा निकै उत्साहित भएको बताउनुभयो ।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत पौडेलले यस्ता कार्यक्रमले पालिकालाई पनि उद्धार कार्यमा थप उत्प्रेरणा मिल्ने बताउनुभयो । कर्मचारी मिलन केन्द्र सल्यानले यसअघि पनि बिरामीका लागि फलफूल वितरण, रगत व्यवस्थापन, कवि गोष्ठी, मिचाहा वनस्पति व्यवस्थापन, बनभोज तथा विभिन्न सहयोगमुखी कार्यक्रमहरू गर्दै आएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस