दाङ । २६औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘युथ्स अफ तुलसीपुर’ले दंगीशरण गाउँपालिका वडा नम्बर २ को कौवाघारीमा रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा खड्काले शिक्षाको विकासका लागि सामुदायिक सहकार्य आवश्यक रहेको बताउनुभयो । वडा नं. २ का अध्यक्ष डम्बर बहादुर खत्रीले विद्यार्थीलाई मेहनतपूर्वक अध्ययन गरेर उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्नुभयो ।
आयोजक ‘युथ्स अफ तुलसीपुर’का अध्यक्ष अरुण लहरेका अनुसार वितरण गरिएको शैक्षिक सामग्री आर्थिक रूपमा कमजोर र अध्ययनशील विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको हो ।
युथ अप तुलसीपुरका उपाध्यक्ष पोषण बस्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव सुदीप नेपालीले गर्नुभएको हो ।














