२०८२ माघ २५ गते आइतवार

पहिरोले अवरुद्ध बनेको दाङ–सल्यान सडकमा सवारी साधन संचालनमा


दाङ । पहिरोका कारण अवरुद्ध बनेको दाङ–सल्यान सडकमा सवारी आवागमन सुचारु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्डमा गएराती खसेको पहिरोका कारण पूर्णरुपमा अवरुद्ध बनेको सडकमा यातायात आवागमन शुक्रबार बिहानदेखि सुचारु भएको हो ।

सल्यानको कपुरकोट प्रहरी चौकीका प्रमुख टंकेश्वर भट्टराईका अनुसार गएराती १२ बजेदेखि अवरुद्ध बनेको सडक बिहानै पहिरो पन्छाएपछि करिब पौने ७ बजेतिरबाट सवारी आवागमन सुचारु भएको हो ।

लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको सडक डिभिजन घोराहीका प्रमुख इञ्जिनियर दीपेन्द्र बहादुर विष्टले बताउनुभयो । उहाँले यात्रु र चालकलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस