२०८३ कार्तिक ६ गते शुक्रवार

अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना


काठमाडौँ । अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुने संकेत देखिएको मौसमविदले बताएका छन् । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा करिब एक साताभन्दा लामो समय वर्षा हुन सक्ने मौसमविद् डा. विनोद पोखरेलले बताउनुभएको छ ।

उहाँले केही स्थानमा भारी तथा असिनासहित वर्षा हुन सक्ने संकेत देखिएको र स्थान तथा मात्राबारे मोडेलअनुसार फरक अनुमान आएको बताउनुभएको हो
धान काट्ने तयारीमा रहेका किसानलाई मौसम हेरेर योजना बनाउन, सम्भव भए मंगलबारअघि नै धान काटेर सुरक्षित राख्न वा वर्षा रोकिएपछि मात्र काट्न उहाँले सुझाव दिनुभएको छ ।

मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि करिब एक साता वर्षा हुन सक्ने सम्भावना देखाएका छन् । चारवटा मौसम पूर्वानुमान मोडेलको औसत पूर्वानुमान चित्र फेसबुकमा सार्वजनिक गर्दै उनले केही स्थानमा भारी वर्षासमेत हुन सक्ने संकेत देखिएको बताएका छन् ।

उनका अनुसार विभिन्न मोडेलले वर्षाको स्थान र मात्राबारे फरक–फरक अनुमान गरेका छन् । त्यसैले अहिले नै कुन ठाउँमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन छ । आगामी दिनमा मौसम पूर्वानुमानमा परिवर्तन आउन सक्ने भएकाले पछिल्ला अपडेटलाई ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै उनले धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको पूर्वानुमान हेरेर योजना बनाउन मौसमविदहरुले सुझाव दिएका छन् । अर्को साताको मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानले सम्भव भए त्यसअघि नै धान काटेर सुरक्षित रूपमा भित्राउन वा वर्षा रोकिएपछि मात्र काट्ने गरी तयारी गर्नुपर्ने मौसमविद पोखरेलको भनाइ छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस