दाङ । तुलसीपुरको एक कवाडी संकलन केन्द्रमा आगलागी हुँदा एक लाखभन्दा बढीको क्षति भएको छ ।
तुलसीपुर–५ बसपार्क स्थित माछापुच्छे्र टोलमा रहेको नसीर राईनीले संचालन गरेको कवाडी पसलमा बिहिबार दिउँसो आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आगलागी हुँदा एक लाख बढीको क्षति भएको छ । आगलागीपछि स्थानियबासी र सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा लिईएको हो । आगलागीको कारण भने खुल्न बाँकी नसकेको प्रहरीले जनाएको छ ।


























