२०८२ माघ ५ गते सोमवार

नेक्स्ट् एजुकेसन काठमाडौंको शाखा तुलसीपुरमा विस्तार


तुलसीपुर । द नेक्स्ट् एजुकेसन काठमाडौंको शाखा तुलसीपुरबाट सञ्चालनमा आएको छ । विदेशमा पढ्न जाँदा जान्नुपर्ने ज्ञान स्थानीय स्तरमै सिकाउने उद्देश्यले २१ वर्षअघि स्थापना भएको संस्थाले १९ औं शाखा शुक्रबारदेखि तुलसीपुरबाट पनि सुरु गरेको हो ।

शाखाको उद्घाटन तुलसीपुर–५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाह, नेक्स्ट्ए जुकेसन काठमाडौंका प्रमुख कार्यकारी अधिकृत शालीकराम भण्डारी र खिमबहादुर केसीले संयुक्त रूपमा गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि शाहले कन्सल्टेन्सी व्यवसाय पारदर्शी र विधिसम्मत रूपमा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले कन्सल्टेन्सी व्यवसायमा विभिन्न समस्या देखिएको भन्दै ती समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न सञ्चालकहरुलाई आग्रह गर्नुभयो ।

शाहका अनुसार तुलसीपुरमा केही कन्सल्टेन्सीहरूले जनप्रतिनिधिकै हस्ताक्षर कृते गर्ने र कागजात तयार गरी वैदेशिक अध्ययनका लागि पठाउने गरेको पाइएकाले यस्तो कार्यप्रति सचेत रहन समेत सञ्चालकहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयोे,–“विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कार्य अस्वीकार्य छ । यसले व्यक्तिगत मात्र होइन, समाज र नगरको प्रतिष्ठामा पनि धक्का पुर्‍याउँछ।”

संस्थाका प्रमुख कार्यकारी अधिकृत शालीकराम भण्डारीले संस्थाले विभेदरहित र तथ्यपूर्ण जानकारी प्रदान गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले व्यापारिक मुनाफा भन्दा विद्यार्थीलाई सही मार्गदर्शन दिन संस्था केन्द्रित रहने स्पष्ट पार्नुभयो ।

बजारमा हल्ला भए जस्तो नभई संस्था निति र विधिसम्मत सञ्चालनमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,– “कन्सलटेन्सी व्यवसायमा नेपालमा सबैभन्दा धेरै कर बुझाउने संस्था हो । हामी विद्यार्थीलाई विदेश कमाउन होइन पढ्न जाने वातावरण निर्माणका लागि उचित परामर्श दिँदै आएका छौँ । ”

संस्थाको अष्ट्रेलीयामा २ शाखा र श्रिलङ्का तथा फिलिपिन्समा एक/एक अन्तराष्ट्रिय शााखा रहेका छन् । स्थानीय युवाहरूको शैक्षिक अवसर र वैदेशिक अध्ययनको माग बढेपछि पश्चिम नेपालमा नेपालगञ्जपछि दाङको तुलसीपुरमा शाखा विस्तार गरिएको हो । शाखा विस्तार भएसँगै विदेश पढ्न चाहने विद्यार्थीहरू परामर्श लिनका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

विदेशमा पढ्नका लागि उपयुक्त देशको छनोट, अध्ययनका लागि मेहेनत र इमानदारीताका विषयमा उच्च तहको परामर्श आवश्यक पर्ने भएकाले सोही अनुसारको कक्षा व्यवस्था गरिएको तुलसीपुर शाखा प्रमुख सजलजंग केसीले जानकारी दिनुभयो ।

अष्ट्रेलिया, न्यूजिल्यान्ड, युके, क्यानडा, अमेरिका, दुबई लगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई उचित परामर्श तथा आएल्स,पिटिइ कक्षा तथा नैतिक शिक्षासहितका कक्षाहरू सञ्चालन गरिने छ ।

केसीका अनुसार हालसम्म सञ्चालनमा रहेका कन्सलटेन्सीभन्दा उच्च तहको व्यवस्थापनसहित सुरु भएको यो संस्थामा ६ जनाले अहिले प्रत्यक्ष रोजगारी पाएका छन् । कार्यक्रमको सहजीकरण सोमराज बस्नेतले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस