दाङ । राष्ट्रिय जनमोर्चा तुलसीपुर उपमहानगरपालिका–६ को वडा भेला शनिबार गाईडहरमा सम्पन्न भएको छ । भेलाले नारायण प्रसाद भण्डारीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ ।
जसमा उपाध्यक्षमा सीता भण्डारी, सचिवमा ध्रुव केसी, सह–सचिवमा जिबराज नेपाली, कोषाध्यक्षमा राधा परियार र सदस्यहरूमा गीता भुपाल, उम्मा बिक, विमला भण्डारी, रामबहादुर महतरा, लुर्गालाल भुसाल, दुर्गा पोख्रेल, प्रेमलाल भुसाल, तिलक मिजार, देवबहादुर बिक, गोपाल बोहोरा र तुलसी भुसाल जीसी रहेका छन् ।
यस्तै, निमलाल शर्मा, प्रेमबहादुर महतरा, नोमलाल भुसाल, मधुसुदन केसी र चित्रभान बस्नेतलाई सल्लाहकारमा चयन गरिएको छ । भेला राष्ट्रिय जनमोर्चा वडा नं ६ का उपाध्यक्ष मधुसुदन केसीको अध्यक्षता, नारायण भण्डारीको सञ्चालन तथा राष्ट्रिय जनमोर्चा दाङका सदस्य एवं तुलसीपुर नगर इन्चार्ज ईश्वरी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।















