२०८२ माघ ५ गते सोमवार

वली दम्पतिद्वारा त्रिशिद्धेश्वरी मन्दिरलाई ३२ केजीको घण्ट दान

तुलसीपुर । तुलसीपुरका एक दम्पतीले ३२ केजीको घण्ट दान गरेका छन्। तुलसीपुर उपमहानगरपालिका–५ निवासी तारा बहादुर वली र शर्मिला वली दम्पतिले श्रीकृष्ण जन्माष्टमीको अवसरमा त्रिशिद्धेश्वरी मन्दिरमा एक कार्यक्रम गरी घण्ट दान गरेका हुन्।

तुलसीपुरमा सिद्धिविनायक फर्निचर सञ्चालन गर्दै आएका वली दम्पतीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम उपाध्यायलाई सो घण्ट हस्तान्तरण गरेका हुन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उपाध्यायले दम्पतीको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै दैनिक पूजा–आराधना र मन्दिरमा आउने भक्तजनको आस्थालाई अझ प्रगाढ बनाउने बताउनुभयो।

धर्म र संस्कृतिको संरक्षण गर्नु आफ्नो जिम्मेवारी रहेको स्मरण गर्दै, त्रिशिद्धेश्वरी मन्दिर आस्थाको केन्द्र भएकाले यसलाई अझ भव्य बनाउन प्रयास गरिएको दानदाता तारा बहादुर वलीले बताउनुभयो।

यस्तै, शर्मिला वलीले धार्मिक कार्यमा गरेको योगदान नै सबैभन्दा ठूलो पुण्य हुने भएकाले जन्माष्टमी पर्वका अवसरमा मन्दिरमा घण्ट दान गरिएको बताउनुभयो।घण्ट दानपछि वली दम्पतीकै आयोजनामा सन्ध्याकालीन आरती समेत सञ्चालन भएको थियो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस