२०८२ मङ्सिर २२ गते सोमवार

लुम्बिनी र कर्णालीसहित चार प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

दाङ । आज लुम्बिनी र कर्णालीसहित चार प्रदेशमा ठूलो वर्षाको सम्भावना संभावना रहेको छ । आज कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दाङ उपत्यकामा अहिले घाम लागेको छ । तर दिउँसोपख उपत्यकाका केहि ठाउँमा वर्षाको संभावना रहेको छ । महाशाखाका अनुसार सबै प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । मनसुन केही कमजोर रहे पनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस