दाङ । प्रविधिको तीव्र विकास र डिजिटल प्रणालीको विस्तारसँगै दंगीशरण गाउँपालिकाका महिलाहरू पनि प्रविधिमैत्री बन्दै गएका छन् । मोबाइल बैंकिङ, अनलाइन बिल भुक्तानी, डिजिटल सेवा प्रणाली जस्ता प्रविधिहरूको प्रयोग गर्दै महिलाहरू आफूलाई आधुनिक युगसँग तालमेल मिलाउँदै सशक्त रूपमा अगाडि बढिरहेका छन् ।
आज मङ्गलवार एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिका– १ का अध्यक्ष रमेश भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा डिजिटल साक्षरता कक्षाको उद्घाटन गरिएको हो ।
बिजुली, खानेपानी, र मोबाइल सेवाका बिलहरू अनलाइनमार्फत तिर्ने, बैंकिङ कारोबार मोबाइल एपको सहायताबाट गर्ने, सरकारी सेवा तथा सूचना डिजिटल माध्यमबाट प्राप्त गर्ने कार्यमा अब महिलाहरू सक्रिय सहभागी हुन थालेका छन् ।
यस परिवर्तनको पछाडि दंगीशरण गाउँपालिकाको सक्रियता रहेको छ । गाउँपालिका अध्यक्ष शम्भु गिरि, उपाध्यक्ष पिमा खड्का ओली, र प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीको नेतृत्वमा डिजिटल साक्षरताको अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको छ । महिलाहरूलाई प्रविधिमा दक्ष बनाउन संचालन गर्न लागियको तालीममा प्रशिक्षकको रूपमा सरिता चौधरी र जानकी वलि रहनुभएको छ ।
डिजिटल साक्षरता कक्षा उद्घाटनगर्दै पालिकाका अध्यक्ष गिरिले आफुहरु डिजिटल नेपाल निर्माणको अभियानमा स्थानीय तहबाटै उदाहरणीय कामगर्न खोजेकाले महिलाहरूको प्रविधिमैत्री रूपान्तरण आफुहरुको सफलता प्रती खुसी ब्यक्त गर्नुभयो । दंगीशरणका ७ वटै वडाका महिलाहरुमा डिजिटल साक्षरता कक्षाले महत्त्वपूर्ण भुमिका खेलेको उहाँको भनाइ छ ।














