दाङ, ६ भदौ । राप्ती राजमार्ग फेरि आज बिहानबाट अवरुद्ध भएको छ । सल्यानको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीका अनुसार राप्ती राजमार्गको राम्री नजिकै पहिरो खसेका कारण सडक आज बिहान ५ बजेदेखि अवरुद्ध भएको छ ।
सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।












