२०८२ फाल्गुन २६ गते मङ्गलवार

गुरुकुल एकेडेमीमा तिज मिलन कार्यक्रम


दाङ । गुरुकुल एकेडेमी तुलसीपुरले तिज मिलन कार्यक्रम गरेको छ । शिक्षा, संस्कार र संस्कृतिको त्रिवेणी गुरुकुल एकाडेमीले प्रत्येक वर्ष महिलाहरुबीच आपसी सम्बन्ध सुदृढ पार्ने, संस्कृतिको संरक्षण गर्न अभिभावक लक्षित तिज मिलन कार्यक्रा गदै आएको छ ।

गुरुकुल एकेडेमी तुलसिपुरको कार्यक्रममा लोकगायिका विष्णु सुनारको विशेष प्रस्तुति रहेको थियो । उहाँले प्रस्तुत गरेका तिज गीतले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाउदै सम्पुर्ण अभिभावक छमछमि नाचेका थिए ।

सोही अवसरमा गुरुकुल एकेडेमी घोराही र लमहीका लोकप्रिय गायिकाद्वय सिमरण परीयार र रेखा पोख्रेलले पनि आफ्ना गीतमार्फत माहोललाई झनै रमाइलो बनाएका थिए । उनीहरूको स्वरमा प्रस्तुत तिज गित सुन्दा अभिभावक मात्र नभई विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थी समेत रमाइरहेका थिए ।

सांस्कृतिक पहिरनमा सजिएका महिला दिदि बहिनीहरूले नाचगानमा सक्रिय सहभागिता जनाउदै हरितालिका तिजको अवसरलाई जीवन्त बनाउन महत्वपुर्ण भुमिका खेलेका थिए । कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले परम्परागत पर्वलाई यसरी संस्थागत रुपमा संरक्षण गर्दै आएका प्रयास सराहनीय रहेको प्रतिक्रिया दिएका थिए ।

गुरुकुल एकेडेमीकाले तिज पर्वलाई खुशी, सौहार्द र एकताको प्रतीकका रूपमा लिँदै विद्यालयले विद्यार्थी मात्र नभई अभिभावकसँग पनि सम्बन्ध घनिष्ठ बनाउने माध्यमका रूपमा यस्तो कार्यक्रमलाई अघि बढाइरहेको बताएको छ । गीत, नृत्य, रमाइलो तथा पारिवारिक भेटघाटसँगै सम्पन्न भएको गुरुकुल एकेडेमीको तिज मिलन कार्यक्रममा उपस्थित सबैजना तिजको उल्लासमा झुम्दै दर खादै रमाएका थिए ।

विद्यालयले आयोजना गरेको तिज मिलनले सांस्कृतिक संरक्षणसँगै सामुदायिक एकता र सहकार्यलाई पनि अझ मजबुत बनाएको अनुभव गरिएको छ । गुरुकुल एकेडेमीले साँस्कृतिक कार्यक्रम संगै दर खाने कार्यक्रम पनि गरेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस