२०८३ जेष्ठ ७ गते बिहिवार

अखिल नेपाल महिला संघ घोराहीको भेला तथा तिज मिलन कार्यक्रम


दाङ । अखिल नेपाल महिला संघ घोराही उपमहानगर समितिको भेला तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

नगर अध्यक्ष बसन्ता भट्टराईको अध्यक्षता र राष्ट्रिय परिषद सदस्य कृष्णा रानाको प्रमुख आतिथ्यतामा भएको भेलाले हेमा पोख्रेलको अध्यक्षतामा नगर समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सुशिला नेपाली, सचिबमा खिमा दमाई, सह–सचिबमा पदमा थापा र कोषाध्यक्षमा कल्पना परियार चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा यमसरी घर्ती, सारदा रावत, साबित्री घर्ती, खिमा नेपाली, चुमा पुन, बसन्ता खडका रहनुभएको छ ।

यसैगरी सल्लाहकारमा बसन्ता भट्टराई, देबा पाण्डे, आसाकिरण पाण्डे र कमला घर्ती रहनुभएको छ ।

उक्त भेलामा प्रगतिशील तिज गितहरुमा नाचगान गर्नुका साथै महिला चेतनामुलक प्रशिक्षण मन्तव्यहरु पनि भएका थियो ।

राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युवक संघ पूर्व केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रिय सदस्य रामबहादुर घर्ती, अखिल नेपाल शिक्षक संघ जिल्ला सह–सचिब उमकला खनाल, शिक्षक सत्यदेबि रेग्मि लगायतले मन्तव्य राख्नु भएको थियोे ।

नगर सचिब आसाकिरण पाण्डेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण हेमा पोख्रेलले गर्नु भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस