२०८२ फाल्गुन २९ गते शुक्रवार

टरिगाउँ हरिपौरा खानेपानी समितिको अध्यक्षमा बस्नेत निर्वाचित


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको टरिगाउँ खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको अध्यक्षमा गठबन्धनका डिल्ली बहादुर बस्नेत निर्वाचित हुनुभएको छ ।

बस्नेत २६२ मतका साथ निर्वाचित हुनुभएको हो । बस्नेत एमालेका प्रतिस्पर्धि देब बहादुर डाँगी लाई ५३ मतले पछि पादै निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धि डाँगीले २०९ स्वतन्त्रका शरद वलीले एक सय मत ल्याउनुभएको छ ।

यस्तै उपाध्यक्षमा गठबन्धनका डिला केसी २३४ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धि एमालेका कमला खत्रीले २२७ र स्वतन्त्रका मोतिकला वलीले ६८ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक पुष्कर भण्डारीले जानकारी दिनुभयो ।

सचिवमा एमालेमा खगेन्द्र अधिकारी २५८ मतसहित विजयी हुनुभएको छ । गठबन्धनका हरिचरण चौधरीले २१२ र स्वतन्त्रका टंक नेपालीले ६५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै कोषाध्यक्ष पदमा गठबन्धनका स्याम कुमार आचार्य २७४ मतसहित विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धि एमालेका खोपिराम डाँगीले २२१ र स्वतन्त्रका चुर्ण बहादुर थारुले ५९ मत प्राप्त गर्नु भएको छ ।

यस्तै सदस्य पदमा गठबन्धनबाट तुलसी केसी, सावित्रा खड्का भण्डारी, पूर्ण बहादुर वली, गजाधर चौधरी, एमालेका प्रचण्ड अधिकारी निर्वाचित हुनुभएको छ ।

नयाँ नेतृत्व चयनका लागि तीन दल चुनावी मैदानमा उत्रिएका थिए । कांग्रेस र माओबादी गठबन्धन गरेका थिए भने एमाले र स्वतन्त्र एक्ला एक्लै प्रतिस्पर्धामा रहेका थिए ।

हिजो बिहान ७ बजेदेखि शुरू भएको मतदान दिउँसो २ बजेसम्म सञ्चालन भएको थियो । निर्वाचनमा ६१२ मत खसेको संयोजक भण्डारीले बताउनुभयो । खानेपानी संस्थामा ७१४ जना मतदाता संख्या रहेको छ । त्यसमध्ये १०२ जनाले मतदान नगरेको भण्डारीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस