२०८२ माघ २५ गते आइतवार

युवाहरू विदेसिदा कविताले स्वदेशमै सुरु गरिन् ‘रङ्गमन’


तुलसीपुर । पछिल्लो समय युवाहरू विदेश पलायन हुने क्रम बढिरहे छ । रोजगारी वा पढाइका लागि विदेसिनेहरु बढीरहेकोे बेला दाङका कविता घर्ती मगरले भने स्वदेशमै बसेर काम गर्ने सोचका साथ तुलसीपुरमा रङगमन सञ्चालनमा ल्याउनु भएको छ ।

स्नातक तह उतिर्ण गरेका घर्ती मगरले “देशमै केही गर्छु” भन्ने अठोटका साथ तुलसीपुर उपमहानगरपालिका–५, घ लाइनमा ‘रङ्गमन’ अर्थात कला प्रयोग गरेर मनोरञ्जन गर्ने, तनाव ब्यबस्थापन गर्ने र सम्बन्ध बलियो बनाउने ठाउँ सञ्चालनमा ल्याउनुभएको छ ।

यसअघि उहाँले तुलसीपुरमै ‘झुम्का सप’ सञ्चालनमा ल्याइसक्नुभएको छ भने अहिले तनावमुक्त जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले ‘रङ्गमन’ सञ्चालनमा ल्याउनुभएको हो ।

मोबाइल र सामाजिक सञ्जालमा अत्यधिक व्यस्त रहने प्रवृत्तिका कारण मानिसहरू तनावग्रस्त भइरहेका बेला माटोसँग खेल्दै मानसिक व्यायाम गर्न सकिने घर्तिले बताउनुभयो । माटोसँग खेल्दा मानसिक व्यायाम हुने र यसले तनाव घटाउने उहाँको भनाई छ । उहाँले भन्नुभयो–‘रङगमनको उद्देश्य भनेको तनाव कम गर्ने हो । माटोसंग खेलेर होस या कुनै आर्टर प्रयोग गरेर तनावलाइ कम गर्न सकिन्छ ।’ साथै उहाँले साथीसंग, आमा बुवा, लगायत आफ्‌नो परिवारसंग बसेर मनोरञ्जन लिन सकिने बताउनुभयो । यसले युवाहरूलाई सिर्जनात्मक काममा लाग्न प्रेरित गर्ने उहाँको भनाई छ ।

रङगानको एक कार्यक्रमका बिच उद्द्दाटन गरिएको छ । ज्ञानज्योति फाउन्डेसनका शिक्षक प्रकाश शर्मा र राकेश डाँगिले गर्नुभएको हो ।

सो अवसरमा ज्ञानज्योति फाउन्डेसनका प्रमोद सुवेदीले आजभोलि मानिसहरू तनावग्रस्त जीवन बिताइरहेका बेला कला मार्फत उद्यमशीलताको साथै तनावमुक्त जीवन दिन सकिने नयाँ अवधारणा ल्याएको बताउनुभयो ।

“झिल्कोबाटै ज्वाला बन्ने हो, त्यसैले कामको सुरुवात सानो बाटै हुन्छ तर उद्देश्य महान राखियो भने अगाडि बढ्न सकिन्छ,“ सुवेदीले भन्नुभयो । उहाँले पानीले मुछिएको माटोलाई कलाले फरक रूप दिन सक्छ, कलाले जडमा जीवन हालिदिन्छ, कलामा गुरुत्व बुझिन्छ र त्यसैले मानिसहरू कला तिर आकर्षित हुन्छन् । कलामा चेत र बोध भएको मानिसले मात्र यसको गहिराइ बुझ्न सक्छ । कविताले सानै उमेरमा तुलसीपुरमा रङगममन सञ्चालनमा ल्याएको सराहरनिय कार्य रहेको सुवेदीको भनाई छ ।

यस्तै शिक्षक प्रकाश कुमार शर्माले आफ्नै विद्यार्थी आत्मनिर्भरताको बाटोमा लागेको देख्दा खुसी लागेको बताउनुभयो । तुलसीपुरमा नयाँ प्रयोग र सिर्जनशील उद्देश्यका साथ सुरु गरिएको यस कार्यले सकारात्मक प्रभाव पार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस