२०८३ बैशाख ४ गते शुक्रवार

सुनचाँदीको भाउमा कीर्तिमान कायम


दाङ । सुनचाँदीको भाउमा कीर्तिमान कायम गरेको छ । सुन आज एकैदिन दुई हजार पाँच सय रुपैयाँ बढेर तोलाको दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुइृ लाख सात हजार नौ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउले पनि कीर्तिमान कायम गरेको छ ।

चाँदी आज तोलाको १० रुपैयाँ बढेर तोलाको दुई हजार चार सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो तोलाको दुई हजार चार सय ८० रुपैयाँ थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस