२०८३ बैशाख २६ गते शनिवार

जेनजी आन्दोलनपछि बन्द भएका दाङका विद्यालय भोलिदेखि सञ्चालन हुने


दाङ । जेनजीको आन्दोलनका कारण विगत केही दिनदेखि ठप्प रहेका दाङका विद्यालय भोलिदेखि सञ्चालन हुने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय भोलिदेखि सञ्चालन हुने भएका छन् ।

जेनजीको आन्दोलनका कारण केही दिनदेखि ठप्प रहेका तुलसीपुर सामुदायिक तथा संस्थागत विद्यालय भोलिदेखि सञ्चालन हुने तुलसीपुर उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चक्र बहादुर भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार विद्यार्थीहरूको पढाइ केही दिन प्रभावित भएकाले तत्कालै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

उता घोराही उपमहानगरपालिकामा रहेका विद्यालयहरू पनि भोलिदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ । आन्दोलनका कारण लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित हुँदै आएका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस