२०८२ कार्तिक ३० गते आइतवार

अझै दुई हप्ता पानी पर्ने सम्भावना

दाङ । दाङ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । मनसुनसँगै स्थानीय वायु पनि सक्रिय भएका कारण देशका सबैजसो ठाउँमा बदली भएर धेरै ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

आज राति र भोलि पनि देशका धेरै ठाउँमा बदली हुनेछ । लुम्बिनीको तराई क्षेत्र तथा कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भागका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको अर्यालले बताउनुभयो । लामो समयसम्म मुसल्धारे पानी पर्ने सम्भावना भने छैन ।

यस्तै मौसमविद् विनोद पोख्रेलले यो हप्ताभरि बदलीसहित वर्षाको सम्भावना रहेको बताउनुभएको छ । उहाँका अनुसार अर्को हप्ता पनि पानी पर्ने सम्भावना छ । यस वर्ष आजसम्ममा मनसुन अवधिमा पर्ने पानीको ८० प्रतिशत पानी परेको छ ।

मनसुन शुरू हुनुअघि जल तथा मौसम विज्ञान विभागले औसतभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि भदौको अन्तिमसम्ममा ८० प्रतिशतमात्रै पानी परेको हो ।

नेपालमा मनसुनयाममा १ हजार ४ सय ७२ मिलिमिटर सरदर वर्षा हुनेमा आजसम्म १ हजार १ सय ८३ दशमलव २० मिलिमिटर वर्षा भएको छ । अझै दुई हप्ताभन्दा बढी मनसुन रहने भएकोले थप वर्षाको सम्भावना छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस