दाङ। तुलसीपुर उपमहानगरपालिकाले हलुका सवारी साधन भाडामा लिने भएको छ । जेनजीको आन्दोलनको क्रममा सवारी साधन पनि जलेर नष्ट भएपछि नगरले हलुका सवारी साधन भाडामा लिने भएको हो ।
उपमहानगरपालिकाले आइतबार सुचना सार्वजनिक गरेर डबल क्याप बोलेरो भाडामा लिने जनाएको छ । उपमहानगरपालिकाले भाडामा लिनका लागि कोटेशन आब्हान गरेको हो ।
भाडामा दिन इच्छुक सवारी धनिले चालक र इन्धनबाहेक कर रकमसहित मासिक ७० हजार नबढ्ने गरी घटिघटाउमा कोटेशन दिन सक्ने उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले उल्लेख गर्नुभएको हो । सूचना अनुसार सात दिनभित्रको समय तोकिएको छ ।















