दाङ । दाङका डा. किशोर खत्रीलाई स्वास्थ्य मन्त्री बन्ने अफर आएको छ । रेडियो हाम्रो पहुँच संगको कुराकानीमा उहाँले आफुलाई मन्त्री बन्नका लागि प्रधानमन्त्रीले फोन गर्नुभएको बताउनुभयो ।
उहाँले अहिले काठ्माडौमा रहेको बताउनुभएको छ । दाङका नागरिकले आवश्यकता महशुस गरेमा मन्त्री बन्न तयार रहेको आशय दिनुभएको छ । ‘अहिले म छलफलमै छ ।’ उहाँले भन्नुभयो–‘प्रधानमन्त्रीले फोन गरिरहनुभएको छ ।’
तुलसीपुर–५ निवासी डा. खत्री तुलसी बाल अस्पतालका संचालक हुनुहुन्छ । उहाँ पछिल्लो समय सामाजिक अभियान्ताको रुपमा परिचित हुनुहुन्छ ।














