२०८२ असोज २४ गते शुक्रवार

गुरुकुल एकेडेमीको चार दिने बन्द शिविर

दाङ ८ असोज । गुरुकुल एकेडेमीले कक्षा ६ का विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरेको चार दिने बन्द शिविर गरेको छ ।

घोराही उपमहानगरपालिका–१९ पटिन्जामा गुरुकुल एकेडेमी घोराहीका ६२ जना विद्यार्थी तथा बंगलाचुली गाउँपालिका–२ मर्पेसमा गुरुकुल एकेडेमी तुलसीपुर र लमहीका २८ जना विद्यार्थीलाई आवासीय बन्द शिविरमा राखी विभिन्न गतिविधि गरिएको हो ।

विद्यालय प्रधानाध्यापक डा. कृष्णराज डिसिका अनुसार शिविरमा विद्यार्थीहरूलाई शैक्षिक, खेलकुद, सांस्कृतिक, सिर्जनात्मक, नेतृत्व विकास, अनुशासन, समूहमा काम गर्ने सीप लगायतका विभिन्न व्यवहारिक कार्यक्रम सञ्चालन गरिएको हो ।

बन्द शिविरको उद्देश्य विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिरको वातावरणमा सिकाइमा सहभागी गराउँदै आत्मनिर्भर, आत्मविश्वासी र जिम्मेवार बनाउन रहेको विद्यालयले जनाएको छ ।

शिविर सम्पन्नपछि आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले यस्तो खालका शिविरले विद्यार्थीहरूलाई केवल पुस्तकको ज्ञानमा सीमित नराखी व्यवहारिक जीवन सीपतर्फ उन्मुख गराउने बताउनुभयो ।

“आजको शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुनु हुँदैन, यसरी प्रकृतिसँग, समुदायसँग र सहपाठीहरूसँग सँगै बसेर सिकाइ गर्दा विद्यार्थीहरूमा आत्मविश्वास, सहकार्य भावना र नेतृत्व क्षमताको विकास हुन्छ,” प्रियासनले भन्नुभयो । “गुरुकुल एकेडेमीले गरेको यो प्रयास सराहनीय छ । यसले विद्यार्थीहरूलाई भविष्यमा जिम्मेवार नागरिक बनाउन टेवा पुर्‍याउने छ । विद्यालयहरूले यस्ता शिविरलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ ।”

बन्द शिविर आयोजना गरीएको स्थानलाई बिकास गर्न र आत्म निर्भर बनाउन स्थानिय सरकारसंग अनुरोध गर्नुभएको थियो । यस्तै गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुनद गिरीले कक्षा ६ का विद्यार्थिहरुलाई बन्द शिविरमा राखेर घरमा नसिकेका कुराहरु ग्रामिण भेगमा लगेर सिकाइएको बताउनुभयो ।

साथै उँहाले पहाडि भेगमा हुने दैनिकिको बारेमा समेत जानकारी गराएको बताउनुभयो । कार्यक्रमका नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागर , समाजसेवि बेचन वली अस्थाई प्रहरी चौकि दुइखोलीका प्रमुख चन्द्र बिक र बंगलाचुली २ का वडा अध्यक्ष मैत्या पुने शुभकामना मन्तब्य राख्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस