दाङ । देशका धेरैजसो ठाउँको मौसम विहानपख सफा छ । अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको र स्थानीय वायुको आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा बदली भई कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । बाँकी भागका एक/दुई ठाँउमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशको पहाडी भागका एक/दुई ठाँउमा मध्यम वर्षाको सम्भावना छ ।










