२०८२ कार्तिक ३० गते आइतवार

आज केहि ठाउँमा वर्षाको संभावना

दाङ। दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा आज बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसोपख केहि ठाउँमा बदली हुने र केहि ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

आज विषेशगरी पश्चिम क्षेत्रको तुलनामा पूर्वीभेगमा वर्षाको संभावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशभर मनसुनी वायूको प्रभाव छ । तर मनसुनी वायु कमजोर रहेको तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भागमा साधारणतया मौसम बदली रही बाँकी भागमा आंशिक बदली रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा तथा बाँकी भागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ । थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस