
दाङ, १३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बडादशैँको अवसरमा आज शुभकामना दिँदै उहाँले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले तोकिएको मितिमा प्रतिनिधिसभाको चुनाव गराउने प्रतिबद्धता जनाउनुभएको हो ।
प्रधानमन्त्री कार्कीले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताउनुभएको छ । स्वदेश तथा विदेशमा रहेका सबै नेपाली भाषीहरूमा सुख शान्तिको कामना गर्नुभएको छ ।
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।