दाङ । तुलसीपुरमा मंगलबार बिहानै एक महिलाको नगद ५ हजारसहित अन्य सामान चोरी भएको छ ।
तुलसीपुरको घोराही रोडमा रहेको नेपाल बंैक अगाडी तरकारी बिक्रिका लागि आउनुभएकी तुलसीपुर–८ निवासी दिलकुमारी बुढाथोकीको नगद ५ हजारसहित घरको साँचो, खानेपानी र विद्युतको बिल चोरी भएको हो ।
कालो सर्ट र कालो पाइन्ट लगाएका युवकले बिहान ५ बजेतिर चोरेर पश्चिमतर्फ भागेको पिडित बुढाथोकीले बताउनुभयो । उहाँले विद्युत अगाडीतिर दैनिक तरकारी बिक्रि गर्नुहुन्छ । आज पनि बिहानै तरकारी बिक्रिका लागि आउनुभएको थियो ।
तरकारी बिक्रिका लागि नगदसहितको व्याग बसालेर तरकारी बिक्रि गर्दै गर्दा चोरले चोरेको उहाँले बताउनुभयो । उहाँले व्याग लग्ने जो कोहिले पनि महत्वपूर्ण सामान फिर्ता गरिदिएमा नगद नलिने बताउनुभयो । उहाँले घटनापछि प्रहरीलाई जानकारी गराएको बताउनुभयो । तर अझैसम्म केहि पनि पत्ता लाग्न नसकेको बताउनुभयो ।












