दाङ । देशभर हिजो शनिबार र आज आइतबार दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ भएको सशस्त्र प्रहरीको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार ११ जना बेपत्ता र १३ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार कोशीमा सबैभन्दा बढी ३६ जनाको मृत्यु भएको छ । जसमध्ये इलाममा २७ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् । उदयपुरमा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । त्यस्तै, खोटाङमा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । पाँचथरमा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
सोहीअनुसार मधेसको रौतहटमा ३ जनाको मृत्यु भएको छ । बारामा एक जना बेपत्ता भएका छन् । त्यस्तै, बागमतीको रसुवामा ४ जना बेपत्ता भएका छन् । त्यस्तै काठमाडौेंमा एक जना बेपत्ता भएका छन्, मकवानपुरमा १ जना घाइते भएका छन् । पानी पर्नेक्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।















