२०८२ माघ २५ गते आइतवार

दाङमा भोलीदेखि सरकारी कार्यालय खुल्ने

दाङ । दाङमा भोलीदेखि सबै सरकारी कार्यालय खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले आज एक सूचना जारी गर्दै भोलीदेखि दाङमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरुलाई सेवा सुचारु गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालय, शान्ती सुरक्षा तथा अपराध नियन्त्रण शाखाले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरुले सार्वजनिक सेवा सूचारु गर्न पठाएको पत्रअनुसार भोलीदेखि सबै सरकारी सेवा सुचारु हुने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस