२०८२ कार्तिक ३० गते आइतवार

जेनजी विद्रोहको एक महिनापछि एमाले दाङले आज खबरदारी सभा गर्ने

दाङ । जेनजी विद्रोहको एक महिनापछि राजनैतिक दलका गतिविधि बढ्न थालेका छन् । जेनजीको आन्दोलनपछि सत्ताबाट नराम्ररी पछारिएको नेकपा एमाले दाङले आज पहिलो पटक जिल्ला सदरमुकाम घोराहीमा जागरण सभाको आयोजना गर्दैछ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका सबै घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कार्बाही र नागरिकमा शान्ति सुरक्षाको प्रत्यभुती र लुटिएका सरकारी तथा ब्यक्तिगत सम्पत्ती फिर्ताको माग गर्दै पार्टीको जनसंगठन समन्वय संयन्त्रको आयोजनामा घोराहीमा जनजागरण सभा हुन लागेको हो ।

संयन्त्रका संयोजक मनोहर बुढाथोकीले हालको राजनीतिक परिस्थितिले देशलाई अराजकता र अस्थिरताकातर्फ धकेल्ने खतरा बढेको र त्यसविरुद्ध शान्तिपूर्ण जागरण सभाको आयोजना गरिएको बताउनुभयो ।

अन्तरिम सरकारले जेन्जी आन्दोलनका क्रममा भएका जतिपनि घटना छ्न त्यसमा पक्षपातपुर्ण ढंगले अघि बढ्न खोजेको भन्दै एमालले सरकारको ध्यानाकर्षण गराउने पनि उदेश्य राखेको उहाँको भनाई छ ।

नेकपा एमालेले सधैं राष्ट्रियता, जनजीविका र सुशासनका पक्षमा रहेको र आवाज उठाउँदै आएको स्मरण गराउदै जनअधिकार तथा राष्ट्रिय स्वाभिमानको पक्षमा आवाज बुलन्द गर्ने पनि कार्यक्रमले सन्देश दिने बुढाथोकीले बताउनुभयो ।

घोराहीको ट्राफिक चोकमा बिहान ११ बजे जम्मा भएर र्याली सुरु भै बजार परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर समापन हुनेछ । जिल्ला प्रशासन र प्रहरी प्रशासनको समन्वयमा शान्तिपूर्ण कार्यक्रम हुने छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस