२०८२ फाल्गुन २९ गते शुक्रवार

तुलसीपुरमा नौ जना जुवाडे नगद सहित पक्राउ


दाङ । दाङको तुलसीपुरमा नौ जना जुवाडे नगद सहित पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेजस्थित राममाया घर्तिको घरमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ परेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– ७ का ३६ वर्षीय प्रेम प्रकाश वली, तुलसीपुर–६ रजौराका ३३ वर्षीय रमेश बस्नेत, तुलसीपुर–५ बसपार्क बस्ने ३७ वर्षीय गौरीलाल वली, तुलसीपुर–६ बरुवागाउँ बस्ने ३८ वर्षीय दिनेश बन्जरा, तुलसीपुर–५ नयाँबस्ती बस्ने २९ वर्षीय खुम बहादुर बिक, तुलसीपुर–८ दुधेना बस्ने ५५ वर्षीय धनबिर बिक, तुलसीपुर–५ बसपार्क बस्ने ३३ वर्षीय सन्तोष भण्डारी, तुलसीपुर–६ रजौरा बस्ने ३८ वर्षीय चेतलाल भण्डारी र तुलसीपुर–१६ लालपुर बस्ने ३४ वर्षीय तिलकराम केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमाण्डमा गएको प्रहरी टोलीले हिजो शनिबार साँझ करिब सवा ६ बजेरतिर नगदसहित पक्राउ गरेको सूचना अधिकारी रानाले जानकारी दिनुभयो ।

उनिहरुको साथबाट दुई गड्डी तास र नगद ३४ हजार ६०५ रुपैंया बरामद गरिएको सूचना अधिकारी रानाले बताउनुभयो ।

उनिहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासत कक्षमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस