दाङ । जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा पार्टी घोषणाका लागि पत्रकार सम्मेलन गर्नुभएको छ । सम्मेलनमा मिराज र उहाँका समूहका केही सदस्यहरुको उपस्थिती रहेको छ ।
पत्रकार सम्मेलनमा मिराजले पार्टी खोलेपनि निर्वाचनमा भाग नलिने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो समूहको बटमलाइन नै प्रत्यक्ष निर्वाचित कार्यकारी रहेकाले तत्कालीन अवस्थामा निर्वाचनमा सहभागी नहुने बताउनुभएको हो ।
उहाँले जेनजी अभियन्ताहरूलाई एकजुट बनाएर संगठित रूपमा अगाडि बढ्नका लागि नयाँ दल खोल्न लागिएको स्पष्ट पार्नुभयो ।










