दाङ। तुलसीपुरमा घरको छतबाट खस्दा बालक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा आज बिहान साढे ८ बजेतिर जीवना डाँगीका २ वर्षका छोरा किरण आफ्नै एकतले घरको छतमा खेल्ने क्रममा खसेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाका अनुसार बालकको टाउकोमा भित्री चोट लागेको छ ।
घाइते बालकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको छ । बालकको अवस्था सामान्य रहेको छ ।
















