दाङ । सल्यानमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–३ स्थित कपुरकोट–किमुचौर सडकखण्डमा सोमबार दिउँसो भएको अटो दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका हुन् ।
हुलाक कार्यालय नजिकै किमुचौरबाट कपुरकोटतर्फ जादँै गरेको लु.प्र. ०२–००१ ह १९२३ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेपछि दुर्घटना भएको हो ।
कपुरकोट आधारभूत अस्पतालका अनुसार दुर्घटनामा अटो चालक कपुरकोट गाउँपालिका–४ का होमसिंह घर्ती घाइते हुनु भएको छ । वडा नम्बर ४ कै आशिष डाँगी, डम्बरराज रोका, रेशम रोका र कपुरकोट गाउँपालिका–३ का रुपेश घर्ती पनि घाइते हुनु भएको छ ।
स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी प्रारम्भिक उपचारका लागि कपुरकोट गाउँपालिका–३ स्थित आधारभूत अस्पताल पुर्कोट पुर्याइएको छ ।
अस्पतालका व्यवस्थापक देवेन्द्रकुमार सेनका अनुसार केही घाइतेलाई थप उपचारका लागि उनीहरूलाई दाङको तुलसीपुर अस्पतालमा रिफर गरिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













