२०८२ मङ्सिर २२ गते सोमवार

दाङको घोराहीमा जुवा तास खेलीरहेका नौ जना नगदसहित पक्राउ


दाङ । दाङको घोराही उप–महानगरपालिका–४ लक्ष्मीपुरमा जुवा तास खेलीरहेका नौ जना व्यक्ति नगदसहित पक्राउ परेका छन् ।

हिजो बिहिबार राति करिब साढे ११ बजेतिर राजेश कुवरको घरमा जुवा खेलिँदैछ भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । सो क्रममा नौजनालाई नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार घोराही उमहानगरपालिका–४ का ३२ वर्षका श्रीधर पाण्डे, सोही ठाँउका ४१ र्व्षका चिरन रिजाल, ४६ वर्षका बिष्णु महरा, ३० वर्षका युवराज रिजाल, ४४ वर्षका सुशिल पौडेल, ३९ वर्षका सरल पौडेल रहेका छन् ।

यस्तै घोराही उमहानगरपालिका–४ का ३७ वर्षका राजेश कुवर,२९ वर्षको आशिष रेग्मी र घोराही–१ का ४५ वर्षका निमानन्द पाण्डे रहेको डिएसपी शाहले जानकारी दिनुभयो ।

जुवाको खालबाट खोलेको ३ गड्डी र नखोलेको १ गड्डी तास र विभिन्न दरका नगद ८७ हजार ९८५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस