दाङ । आज र भोलि देशका कुनै पनि ठाउँमा पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा आंशिक बदली भए पनि पानी पर्ने सम्भावना छैन ।
पर्सि सोमवार बेलुकीदेखि भने मौसममा सामान्य बदली हुन सक्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । सोमबार गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । त्यसपछिको मौसम कस्तो हुन्छ ? भन्नेबारे अध्ययन भैरहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले मौसम विज्ञान विभागसँगको सहकार्यमा निकालेको पछिल्लो कृषि मौसम सल्लाह बुलेटिनका अनुसार यो हप्ताको मध्य र अन्त्यतिर न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने उल्लेख छ । किसानलाई मौसमको अवस्था हेरेर धान भित्र्याउन सल्लाह दिइएको छ ।
बुलेटिनअनुसार आइतवार, सोमवार र मंगलवारलाई हप्ताको मध्य अनि बुधवार र बिहीवारलाई अन्त्य मानिन्छ । त्यसअनुसार यो अवधिमा देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
















