२०८२ फाल्गुन २९ गते शुक्रवार

सार्वजनिक गाडीमा यात्रुको चाप


दाङ, ८ कार्तिक । तिहार मनाएर कर्मथलो फर्कनेका कारण सार्वजनिक गाडीमा यात्रुको चाप अत्याधिक बढेको छ । दाङ भित्रने तथा दाङबाट बाहिरिने सार्वजनिक गाडीमा यात्रुको चाप अत्याधिक देखिएको हो ।

तुलसीपुरतर्फ आउने गाडीमा सवारीको चाप अत्याधिक देखिएको सल्यानका बिनोद महताराले बताउनुभयो । तिहारपछि धेरैजसो एक ठाउँबाट अर्को ठाउँ गर्ने भएका कारण सार्वजनिक गाडीमा यात्रुले कोचाकोचको यात्रा गर्नुपर्ने बाध्यता छ ।

यात्रुको चाप अत्याधिक हुँदा दुर्घटनाको जोखिम समेत बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख उपेन्द्र बहादुर बमले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गाडीलाई निगरानी बढाएको बताउनुभयो । उहाँले सिटभन्दा बाहिर बसेर सकेसम्म यात्रा नगर्न यात्रुलाई पनि आग्रह गर्नुभयो ।

कतिपयले गाडी नपाउँदा बाटोमा लामो समयसम्म गाडी पर्खनुपर्ने अवस्था रहेको महताराको भनाई छ ।

तिहारमा माइतिमा गएका दिदीबहिनी घर तथा जन्मथलोमा तिहार मनाउन गएकाहरु कर्मथलोमा फर्किनेका कारण सार्वजनिक गाडीमा यात्रुको चाप बढेको हो । सडकमा नीजि सवारीको पनि चाप बढेको छ । भोलिदेखि सरकारी कार्यालय खुल्ने भएका कारण पनि कर्मचारी कर्मथलो फर्कन थालेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस