२०८२ मङ्सिर २२ गते सोमवार

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते

सल्यान । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिका–६, शिवगुफामा आइतबार राति फोर्स गाडी दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा रुकुम पश्चिम सानिभेरी गाउँपालिका ११ का ४० वर्षीय डिल्ली बहादुर खत्री, ५२ वर्षीय भिम बहादुर डाँगी, ४८ वर्षीय बिर बहादुर खड्का र उहाँकी श्रीमती ४८ वर्षीय धनसरी खड्का र सल्यानको दार्मा गाउँपालिका –२ का जनक देवकोटा रहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०७०६ नम्बरको फोर्स जीप राति करिब १२ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार घाइते पाँचै जनालाई उपचारका लागि शारदा मेट्रो अस्पताल श्रीनगर पुर्‍याइएको थियो । घाइते सबैको अवस्था सामान्य रहेको र अस्पतालले डिस्चार्ज गरिसकेको छ ।

गाडी चालक रुकुम पश्चिम सानिभेरी गाउँपालिका–८ का २३ वर्षीय दीपक केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस