२०८३ बैशाख २६ गते शनिवार

दाङ उपत्यकासहित देशका केहि ठाउँमा वर्षा

दाङ। दाङ उपत्यकासहित आसपासका जिल्लामा गएरातीदेखि सिमसिम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारसम्म देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना छ । पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ ।

मौसमी बुलेटिनअनुसार मुख्यगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । तराईमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

यस्तै गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावनासँगै लुम्बिनी र कर्णालीका केही ठाउँमा मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि बुधवार कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस