२०८२ मङ्सिर २७ गते शनिवार

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना


काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको हो ।

ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेलिकोप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिनुभयो ।

काठमाडौंबाट उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस