२०८३ भाद्र २८ गते आइतवार

रुकुम पश्चिममा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु


रुकुम पश्चिम। रुकुम पश्चिममा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ६ मा भएको जीप दुर्घटनामा ज्यान दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा चालक त्रिवेणी गाउँपालिकाको रुघाका सुन्दर खड्का मगर र सानीभेरी ६ की अन्दाजी १५, १६ वर्सिया प्रेमकला पुनको मृत्यु भएको हो । दुर्घटनामा अरु तीन जना गम्भिर घाइते भएका छन् ।

यस्तै आठ जना मध्यमदेखि सामान्य घाइते भएका छन् । सानीभेरी गाउँपालिका वडा नम्बर ६ को कोटगाउँबाट सानीभेरीकै सिम्लीतर्फ आइरहेको लु १ च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटना भएको हो ।

जिप सडकबाट ५० मिटर तल खसेको छ । घाइतेको उद्धार गरी थप उपचारका लागि सुर्खेत लैजानका लागि हेलिकप्टर समेत माग गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस