२०८३ भाद्र २८ गते आइतवार

रुकुम पश्चिम जिप दुर्घटना अपडेटः घाइतेको हेलिकप्टरमार्फत उद्धार


दाङ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउता खोला नजिकै आज बिहान भएको दुर्घटनामा मृत्यु हुने दुवै जनाको सनाखत भएको छ । दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी–६ का अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

अन्यको सानीभेरी गाउँपालिका अस्पताल सिम्लीमा उपचार भइरहेको छ । “जिपमा चालकसहित १३ जना सवार रहेका अनुसन्धानका क्रममा जानकारी भएको प्रहरी नायब उपरीक्षक पौडेलेले बताउनुभयो

सानीभेरी गाउँपालिका–६ को कोटगाउँबाट सानीभेरीकै सिम्लीतर्फ आइरहेको लु १ च ६०२९ नम्बरको जिप देउता खोलामा दुर्घटना भएको थियो । जिप सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस