२०८२ मङ्सिर २२ गते सोमवार

मावि कालाखोलामा अपांगमैत्री भवन निर्माण


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको मावि कालाखोलामा अपांगमैत्री पक्कि भवन निर्माण गरिउको छ । भवन १ करोड ५३ लाख लगानीमा निर्माण गरिएको हो ।

आठ कोठे भवनको बुधबार तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले खड्काले उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै मेयर खड्काले भवन निर्माणसंगै अपांगता भएका बालबालिकालाई सहज भएको बताउनुभयो ।

‘सहयोगी संस्था छायाँ नेपालको ८० प्रतिशत र तुलसीपुर उपमहानगरपालिकाको २० प्रतिशत लगानीमा यो भवन निर्माण गरिएको हो ।

मावि कालाखोलामा बालविकासदेखि १२ कक्षासम्म २० जना अपांगता भएका बालबालिकाहरुले अध्ययन गर्दै आएका छन् ।

तुलसीपुर अपांगता अध्ययन केन्द्रका व्यवस्थापक यज्ञबहादुर बिकले अपांगमैत्री भवन नहुँदा विद्यार्थीहरुले विभिन्न सास्ती खेप्नु परेको भन्दै अब त्यो समस्या समाधान भएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी, छायाँ अष्ट्रियाका सविने क्लोज्जे, छयाँ नेपालका जीवन थापा, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी, विद्यालयका पूर्वविव्यस, पूर्वप्रधानाध्यापकहरु, अभिभावक प्रतिनिधिलगायतले मन्तव्य राख्नुभएको हो ।

विद्यालयका प्रधानाध्यापक राजिव ओझाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक होमराज डाँगीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस