२०८२ मङ्सिर २२ गते सोमवार

ज्ञान ज्योतिकाे एमबिए कार्यक्रममा उत्कृष्ट नतिजा

दाङ । तुलसीपुरमा रहेको ज्ञान ज्योति फाउन्डेसनले master of business administration (एमबिए) कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयले एमबी अध्ययन सञ्चालन गरेको पहिलो वर्षमै प्रथम सेमेस्टरका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएका हुन् ।

मङ्गलबार सार्वजनिक भएको एमबिए प्रथम सेमेस्टरको नतिजामा ज्ञान ज्योति फाउन्डेसनका छात्रा वर्षा के.सी.ले ३.६७ जिपिए प्राप्त गरेकी छिन् भने अन्य सबै विद्यार्थीहरूले उत्कृट नतिजा ल्याउन सफल भएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

ज्ञान ज्योतिले देशमै प्रथम स्थान हासिल तथा प्रदेश लगायत पश्चिम नेपालमै निरन्तर अब्बल नतिजा ल्याउन सफल ज्ञान ज्योतिको सफलताको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका सिइओ सुरेन्द्र जिसीले बताउनुभयो ।

यस विद्यालयले वि.वि.ए., वि.ए.सी.सीएसआईटि, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान ज्योति फाउन्डेसन पश्चिम नेपालमै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा निरन्तर उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस