२०८२ फाल्गुन २९ गते शुक्रवार

निर्वाचन पछि मात्र अधिबेशन -गिरि

दाङ । नेपाली काङ्ग्रेसमा केन्द्रिय सदस्य गेहेन्द्र गिरिले फाल्गुन २१ गते तोकियको आम निर्वाचन प्रजातन्त्रको मेरुदण्ड भएकोले निर्वाचनपछि मात्र पार्टीको अधिबेशन गर्नुपर्ने बताउनु भएको छ। अहिले मुख्य आवस्यकता निर्वाचनमा पार्टीलाई विजयी गराउनु रहेकोले विशेष महाधिवेसन निर्वाचन पछि मात्र गर्नुपर्ने उहाँको धारणा छ।”अहिले विशेष महाधिवेशनको आवस्यक्ता छैन”गिरिले भन्नुभो।
नेपाली कोग्रेसको काठ‌माण्डौमा जारी केन्द्रीय समितीको बैठक‌मा विहिवार धारणा राख्दै गिरीले विशेष महाधिवेसनको व्यवस्था पार्टीको विधानमा भएपनि त्यसको खाका स्पस्ट नभएको भयो। ” विशेष महाधिबेसन तल देखि केन्द्रीय स्तर सम्म गर्नेकी नेतृत्व परिवर्तनका लागि मात्र? त्यो स्पस्ट छैन ।” गिरीले भन्नु भयो। त्यसैले अहिले निर्वाचनमै सबैले ध्यान दिनुपर्ने उहाको धारणा थियो।

पार्टीका महामन्त्री र सह-महामन्त्री दुबैले महाधिवेशनका लागि तयार गरेको खाकामा मध्यमार्गि बाटो खोज्नुपर्ने उहाँले बताउनु भयो।”दुबैलाइ पाच्य हुने साझा बाटो खोजौँ।” उहाँले भन्नूभयो। त्यसो गर्दा फागुन पछि महाधिवेसन गर्न सकिने धारणा उहाँको थियो ।
अहिले नै महाधिबेसन गर्नका लागि सक्रिय सदस्यहरूको सदस्यतता टुङ्गो नलागिसकेकोले हतार‌मा महाधिबेसन गर्दा सबैको सहभागीता नहुने र पार्टीप्रति राम्रो सन्देश नजाने उहाँको धार‌णा थियो। नेता गिरीले आफुले भनेजस्तो मध्यमार्गि बाटो अपनाई महाधिबेस‌नमा गए Zen-Z हरुसमेत को सहभागिता बढ्ने बताउँदै त्यस उमेर समुह‌का लाई तत्काल सदस्यता बितरण कार्य आघि बढाउनु पर्ने बताउनु भयो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस