२०८२ माघ ७ गते बुधवार

आज धेरै ठाउँको मौसम सफा

दाङ । दाङ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम सफा छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका धेरै ठाउँमा आज मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ ।

यस्तै कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस