दाङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशले भोलि बिहिबार तुलसीपुरमा लुम्बिनी प्रदेश स्तरिय युवा जागरण विशाल भेला गर्ने भएको छ । एमालेको जागरण अभियान अन्तर्गत युवासंघले बिहिबार जागरण सभा गर्न लागेको हो ।
भेलालाई सम्बोधन गर्न पाटीका उपमहासचिव प्रदिप ज्ञवाली, युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेत, युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे लगायतका नेता आउने राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश ईन्चार्ज देवु बस्नेतले जानकारी दिनुभयो ।
युवा संघले बुधबार गरेको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश इन्चार्ज बस्नेतले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट युवाको सहभागीता रहने बताउनुभयो । उहाँले ५ हजार बढी युवाको सहभागीता रहने दावि गर्नुभएको छ । जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएको नेकपा एमालले देशव्यापीरुपमा जागरण अभियान संचालन गरिरहेको छ ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशका संयोजक सन्तोष वलीको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको हो । कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेश कमिटी सदस्य सुमन कडेलले गर्नुभएको हो ।
















