२०८२ मङ्सिर २१ गते आइतवार

आयोगद्धारा नयाँ दल दर्ताको समय थप


दाङ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको नयाँ दल दर्ताको निवेदन दिने समयावधि थप गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ ।

यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो । साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म आगामी फागुन २१ को निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन भनेको थियो ।

आयोगले आज आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ । प्रवक्ता भट्टराईले सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका र ७ वटा नै यसअघि कायम भएका दल खारेज भएको बताउनुभयो ।

थप २८ वटा दल दर्ता प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । ती दलको सनाखत र कागजात रुजुको काम भइरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस