२०८२ मङ्सिर २२ गते सोमवार

देशको आर्थिक विकासमा निजि वन किसानको महत्वपूर्ण योगदान छ : गिरी


दाङ । पारिवारिक निजि वन संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजनामा दाङको भालुवाङमा एक दिने प्रदेशस्तरीय समीक्षा तथा कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।

पारिवारिक निजि वन संघ लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष पदमबहादुर केसीको अध्यक्षता एबम् पारिवारिक निजि वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशको १२ जिल्लाका निजी वनकर्मी कृषकहरुको सहभागिता रहेको छ । त्यस अवसरमा प्रमुख अतिथि जोगराज गिरीले देशको आर्थिक विकासमा निजि वन किसानको महत्वपूर्ण योगदान रहेको जिकिर गर्दै देशमा १० लाख हेक्टर निजि वन रहेको भन्दै त्यसको वैज्ञानिक व्यवस्थापनको खाँचो रहेको बताउनुभयो ।

निजी वन किसानको सम्पत्ति माथिको अधिकार एक मात्र लक्ष्य रहेको भन्दै समुदायको आर्थिक विकासको लागि एक समुदाय एक उद्यम कार्यक्रम ल्याउन सरकार सँग आग्रह गर्नुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस