दाङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालमा रहेका पुराना पेट्रोल–डिजेल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने तयारी भएको बताउनुभयो छ ।
इन्जिनियर र टेक्निसियनले धेरै वर्षदेखि यस्तो प्रयास गर्दै आए पनि कानुनी प्रक्रियाले अनुमति नदिँदा काम अघि बढ्न सकेको भन्दै उहाँले अब मन्त्रालयले त्यसका लागि काम गरिरहेको बताउनुभएको हो ।
पुनले पुराना गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न सकिने प्राविधिक क्षमता नेपालमै भएकाले सरकारले अब यसका लागि स्पष्ट नियम बनाएर अगाडि बढ्ने प्रष्ट पार्नुभएको छ ।
सामाजिक सञ्जालमा पुनले यसअघि लोभी–पापीहरूले अनेकौँ नियम कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति नदिएको उल्लेख गर्नु भएको छ । अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्ने उहाँले लेख्नुभएको छ ।
मन्त्री पुनले यस्तो रूपान्तरणले वातावरणमैत्री यातायात प्रवद्र्धन हुने र इन्धनमा हुने खर्च घट्ने विश्वास व्यक्त गर्नुभएको छ ।
















