दाङ । वैदेशिक रोजगारीका लागि दुवईमा रहेका तुलसीपुरका विनोद ओलीको निधन भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६, बरुवागाउँ निवासी ३९ वर्षीय ओलीको दुवईमा निधन भएको हो । करिब १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुवईमा पुगेका ओलीको उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।
विनोदलाई अचानक स्वास्थ्य समस्या देखिएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको बुवा सुरेश ओलीले जानकारी दिनुभयो । तर विनोदको मृत्युको कारण भने अझै स्पष्ट भइसकेको छैन।
परिवारका एक मात्र सदस्य रहेका विनोदको असामयिक निधनले परिवारसहित गाउँ शोकग्रस्त बनेको छ । विनोदका बुवा सुरेश ओली तुलसीपुरको तरकारी बजारमा तरकारी व्यवसाय गर्नुहुन्छ ।















