२०८२ माघ २५ गते आइतवार

दाङमा ओभरलोड बोक्ने सवारी साधनमाथि प्रहरीको निगरानी

दाङ। ओभरलोड बोक्ने सवारी साधनमाथि दाङ प्रहरीले निगरानी बढाएको छ । प्रहरीले दुई दिनको अवधिमा ओभरलोड बोक्न ८० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ कार्यालय मातहत प्रहरी इकाईहरु समेतमा खटेर ओभरलोड बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिएको प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

प्रहरीले चेकजाँचको क्रममा ढुङ्गा, चुनढुङ्गा, गिट्टी र बालुवा ओभर लोड बोक्ने ८० वटा सवारी साधनलाई नियन्त्रणमा लिई प्रत्येक सवारी साधनबाट दुई हजार जरिवाना असुल गरेको छ । प्रवक्ता शाहका अनुसार ८० वटा सवारीसाधनबाट १ लाख ६० हजार जरिवाना असुल गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस